काठमाडौं / नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन् । 

सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए ।

OM Sai Pathibhara Hospital

बुधबार प्रतिनिधिसभा बैठकमा ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’’ मा विरोधको सूचना पेश गर्दै उनले नेपालीसँग विवाह गरेका नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने बताए । 

नागरिकता विधेयक देशको सार्वभौमिकतासँग जोडिएकाले स्थानीय तहका जनताको सुझावलाई समेत लिएर अघि बढाउन उपयुक्त हुने उनको भनाइ छ ।