काठमाडौँ / लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ । 

रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । 

OM Sai Pathibhara Hospital

यस्तै शुक्रबारको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचना माथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने तालिका तय भएको छ । 

उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा (३१ असार) शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ । उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन। 

अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।