काठमाडौं / नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो । 

OM Sai Pathibhara Hospital

आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने भएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए।