राजनीति

    Showing 741-750 of 7,491 items.
  • रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो

    रौतहट— रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ । यहाँ मतदाता नामावली दर्ताका लागि अहिले युवा पुस्तामा उत्साह छाएको उनको भनाइ छ  । मतदाता परिचयपत्र बनाउने समयसीमा मंसिर ५ गतेसम्म रहेको उल्लेख गर्दै, अझै नयाँ मतदाता थपिनेक्रम जारी रहेको दासले बताए।विश

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 237 पटक पढिएको
  • प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ

    जनकपुर— मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।पत्र बुझ्दै

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 229 पटक पढिएको
  • सहकारी छानविन प्रतिवेदनलाई पुनअध्ययन गर्न उपसभापति वाग्लेको माग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।  मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन । उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 247 पटक पढिएको
  • दुर्गा प्रसाईँलाई पक्राउबारे आयोगः अभिव्यक्तिको कारण पक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । विज्ञप्तिमा भनिएको छ,‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, देशको शान्ति सुरक्षामा असर पर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीत

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 269 पटक पढिएको
  • दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन

    एजेन्सी— संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय एरोबेटिक प्रदर्शन टोलीले सोमबार दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन गरेको छ । युएईले शसक्त र प्रभावशाली चिनियाँ प्रशिक्षकहरूको नयाँ फ्लीटको सहायतामा हवाई प्रदर्शन गरेको हो । पाँच दिने कार्यक्रममा १,५०० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । जसमा ४४० जना पहिलो पटक सहभागी भएका छन्।व्यावसायिक, सैन्य र निजी जेटदेखि मानवरहित हवाई सवारी साधन र हालका उड्डयन प्रविधिहरूसम्म २०० भन्दा बढी विमानहरू प्रदर्शनमा छन्।फुरसान अल इमारत (इमिरेट्सका नाइट्स) प्रदर्शन टोलीमा समावेश चिनियाँ जेट ट्रेनरहरूको आश्चर्यजनक प्रदर्शनले उद्घाटनको सुरुवात शानदार भएको

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 305 पटक पढिएको
  • राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यसकारण

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 223 पटक पढिएको
  • मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

    जनकपुर— नेकपा एमालेका समर्थक तथा कार्यकर्ताहरु जनकपुरधाममा धर्नामा बसेका छन् ।मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरु मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन् । उनीहरुले संविधानको रक्षा गरौ, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन् । मुख्यमन्त्री यादवले संविधानकै नियम टेकेर मुख्यमन्त्री बनेको र उनले काम गर्ने वातावरण पाउनुपर्छ भन्दै आफूहरु धर्नामा बसेको धर्नामा बसेका बलिराम यादवे बताए । उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धका सांसदहरुले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दि

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 206 पटक पढिएको
  • दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

    काठमाडौं— विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ ।सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारक

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 218 पटक पढिएको
  • विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज आफ्नो दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जाने भएका हुन् । महासचिव विप्लवले चुनाव क्रान्तिकै एक मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउदै आएका छन् । आज दिउसो साढे १ बजे महासचिव विप्लव दल दर्ताको प्रमाणपत्र बुझन निर्वाचन आयोगको कार्यालय पुग्ने प्रवक्ता प्रकाण्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 225 पटक पढिएको
  • नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

    काठमाडौं— आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको  निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ । 

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 188 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा