काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार २ हजार ९५९ मत खसेको छ।हाल मतदानपछिको औपचारिक प्रक्रिया पूरा भइरहेको छ भने केहीबेरमै मतगणना सुरु गरिने तयारी गरिएको छ। महाधिवेशनको चुनावी माहोल उत्कर्षमा पुग्दा अब सबैको चासो मतगणनाको नतिजातर्फ केन्द्रित भएको छ।केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि आजै उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुनेछ।
काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतदान सकिएको छ। अब दिउँसो ४ बजेदेखि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु हुने तयारी गरिएको छ।निर्वाचन आयोगका अनुसार पहिलो चरणमा करिब ३ हजार १ सय मत खसेका छन्। सभापति रवि लामिछानेको निर्देशनपछि उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान प्रक्रिया अघि बढाइएको हो।निर्वाचन आयोगको अनुमान स् एक मतदातालाई मतदान गर्न ४–५ मिनेट लाग्नेछ। रास्वपाको नेतृत्व चयनका लागि जारी प्रतिस्पर्धा अब निर्णायक मोडमा पुगेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान सुरु भएको थियो । निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन विवादमा तानिएको छ। सांसद राजीव खत्रीले आफ्नै प्रतिस्पर्धीलाई अनिवार्य भोट हाल्नुपर्ने व्यवस्था रहेको भन्दै नो भोट को धज्जी उडाइएको आरोप लगाएका छन्। आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले मतदान व्यवस्थापनको आलोचना गरेका हुन् । खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । NO VOTE को धज्जी ।’अर्का उम्मेदवार यदु गिरीले पनि चुनाव प्रणालीमाथि प्रश्न उठाएका छन्। यता सांसद धनञ्जय रेग्मीले महाधिवेशनको अव्यवस्थाले पार्टीको अन्तर्राष्ट्रिय छवि
काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी तथा भूमिहीन परिवार यतिबेला गम्भीर अन्योलमा परेका छन्। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले सुरक्षित बसोबासको सुनिश्चितता माग गरेका छन्।प्रति परिवार २५ हजार रुपैयाँ दिएर बाहिरिन भनिए पनि सुकुम्बासीहरूले ‘त्यो पैसाले घर कहाँ बन्छ ?’ भन्दै प्रश्न गरेका छन् । राधास्वामी सत्संग परिवारले सरकारलाई अपिल गर्दै स्थायी व्यवस्थापन नभएसम्म वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले विकल्प नदिई हटाइए फेरि पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।वर्षौंको संघर्षपछि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज र संघीय संरचनामा व्यापक फेरबदलको प्रस्ताव अघि सारेपछि त्यसविरुद्ध राजनीतिक बहस चर्किएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो कदमले मुलुकलाई पुनः अस्थिरता र विश्वासको संकटतर्फ धकेल्न सक्ने भन्दै संघीयतामाथि रास्वपाको ‘प्रयोग’ रास्वपालाई नै महँगो पर्न सक्ने चेतावनी दिएका चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेश सभा हटाउने र स्थानीय तहको संख्या एकतिहाइसम्म घटाउने प्रस्ताव अघि सारेपछि विभिन्न दल र नेताहरूले असहमति जनाउन थालेका छन्। यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जा
काठमाडौं। पुराना दलको विकल्प भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमै व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ । उम्मेदवारको नामावलीदेखि इलेक्ट्रोनिक मतदान प्रणालीसम्म विवादित बनेपछि प्रतिनिधि र उम्मेदवारहरूले खुलेर असन्तुष्टि पोख्न थालेका छन् । यति मात्र होइन, आफ्नै सांसदहरूले नेतृत्वको आलोचना गर्दै पार्टीको छवि अन्तर्राष्ट्रिय स्तरमै धुमिल भएको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अहिले नेतृत्व चयनको प्रक्रियामा छ । तर चुनावी प्रतिस्पर्धाभन्दा बढी चर्चा मतदान व्यवस्थामाथि उठेका प्रश्नहरूको भइरहेको छ ।इलेक्ट्रोनिक मतदान प्रणाली प्रयोग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुलभ खरेलले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले पार्टीभित्र आफ्नो पक्षमा सकारात्मक माहोल रहेको दाबी गरे । उनले सबैले आफूलाई मतदान गर्ने बताएको उल्लेख गर्दै पार्टीभित्रको वातावरण राम्रो रहेको बताए । ‘सबैले भोट दिन्छु भनेका छन् । पार्टीभित्र माहोल राम्रै देखिरहेको छु ।’ खरेलले संसदीय व्यवस्थामा सरकार र राजनीतिक दलबीचको समन्वय अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले सरकार सञ्चालनको दिशा दलले तय गर्ने एजेन्डामा निर्भर रहने भन्दै रास्वपा अहिले एक विशाल राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘खुल्ला मधेसी’ कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मधेसको शक्तिशाली नेताको रूपमा प्रतिनिधित्व गर्दै यादवले उम्मेदवारी दिएका हुन् । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन यही २०८३ असार ७ गते देखि चितवनमा भइरहेको छ। सोही महाधिवेशनका लागि यादवले केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी मद्रास बाट एम।टेक गरेका इन्जिनियर यादवले पार्टीभित्र प्राज्ञिक र युवा नेतृत्वको प्रतिनिधित्व गर्नेछन् ।
काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।गत सोमबार सुर्खेतमा एक स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.