काठमाडौं। चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतदान सकिएको छ। अब दिउँसो ४ बजेदेखि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु हुने तयारी गरिएको छ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा करिब ३ हजार १ सय मत खसेका छन्। सभापति रवि लामिछानेको निर्देशनपछि उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मतदान प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन आयोगको अनुमान स् एक मतदातालाई मतदान गर्न ४–५ मिनेट लाग्नेछ। रास्वपाको नेतृत्व चयनका लागि जारी प्रतिस्पर्धा अब निर्णायक मोडमा पुगेको छ।