राजनीति

    Showing 7,161-7,170 of 10,368 items.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको १३ निर्वाचन क्षेत्रमा अग्रता

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११:३० बजेसम्मको मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् । जसअनुसार काठमाडौं –२ मा सोविता गौतम, काठमाडौं –६ मा शिशिर खनाल, काठमाडौं –७ मा गणेश पराजुली, काठमाडौं –४ मा विराज भक्त श्रेष्ठ, कास्की –२ मा माधवप्रसाद कँडेल, कास्की –३ मा योग राज पौडेल र चितवन –१ मा हरि ढकालले अग्रता लिएका छन् । त्यस्तै नवलपरासी –१ मा महेन्द्र सेन (ठकुरी), रूपन्देही –२ मा गणेश पौडेल, ललितपुर –३ मा तोसिमा कार्की, सुनसरी –१ मा गोमा तामाङ, सुनसरी –२ मा लाल बिक्रम थापा र

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 153 पटक पढिएको
  • झापा ५ मा २२ हजार २०७ मत गणना गर्दा ओलीको ११ हजार, अरुको कति ?

    काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा –५ मा आफ्नो अग्रता कायम राखेका छन् ।हालसम्म २२ हजार २०७ मत गणना गर्दा ओलीले ११ हजार २८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी ६ हजार ५ सय १६ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल रहेका छन् । उनले १ हजार ९ सय ४ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् । जनमत पार्टीका भीम राजवंशीलाई ९१३ मत आउँदा बाँकी ६ उम्मेदवारको मत १०० भन्दा कम छ । सचेत नेपाली पार्टीबाट उम्मेदवारी दिएका रामप्रसाद पाठक उर्फ युग पाठकले ५६ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 133 पटक पढिएको
  • काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौं /  काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । यद्यपि निर्वाचन आयोगले भने मतपरिणाम सार्वजनिक गरेको छैन । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती चरण देखिनै अग्रता बनाएको थियो । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले उनलाई कडा टक्कर दिएका थिए । बीचमा अग्रता बनाएका सायमी अन्तिममा दोस्रो स्थानमा झरेका हुन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य तेस्रो स्थानमा रहेका छन् ।  

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 140 पटक पढिएको
  • काठमाडौं ४ मा गगन थापा जित नजिक

    काठमाडौं / काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा राजन भट्टराई प्रतिस्पर्धामा छन् ।

    • प्रकाशित मितिः मंसिर ६, २०७९
    • 114 पटक पढिएको
  • झापा –३ मा दुई हजार ५२१ मत गणना गर्दा लिङ्देनको अग्रता कायमै

    बिर्तामोड / झापा –३ मा दुई हजार पाँच सय २१ मत गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । लिङ्देनले एक हजार दुई सय ७४ मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ९९५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार प्रकाश पाठकले १०४ मत प्राप्त गरेका छन् ।त्यस्तै प्रदेशसभा (१) तर्फ पाँच सय मत गणना गर्दा कांग्रेसका भुमी प्रसाद राजवंशी अग्रता रहेको छ । राजवंशीले दुई सय ७५ मत ल्याउँदा एमालेका वसन्त कुमार बानियाँले एक सय ९५ मत पाएका छन् । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 144 पटक पढिएको
  • झापा –२ मा घिमिरेलाई पछि पार्दै स्वतन्त्र उम्मेद्वार नेपालकाे अग्रता

    बिर्तामोड / झापा २ मा नेकपा एमालेको अग्रता तोड्दै स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् ।क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 165 पटक पढिएको
  • मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ निर्वाचित

    काठमाडौँ / मुस्ताङको प्रदेशसभा (१) मा पनि नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५६ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नम्डुले १ हजार ४८ मत ल्याउँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।मुस्ताङमा प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना चलिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 105 पटक पढिएको
  • झापा –३ मा लिङ्देनको अग्रता कायमै

    बिर्तामोड / झापा –३ मा दुई हजार मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । लिङ्देनले एक हजार तीन मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ७८४ मत ल्याएका छन् । लिङ्देन र सिटौलाबीचको मतान्तर २१९ रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 128 पटक पढिएको
  • मोरङ –६ मा ६०० मत गणना गर्दा डा. शेखरको अग्रता

    विराटनगर / मोरङको क्षेत्र –६ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता लिएका छन् । छ सय मत गणना गर्दा कोइरालाले अग्रता लिएका हुन् ।कोइरालाले २४९ मत पाउँदा एमालेका उम्मेदवार लालबाबु पण्डितले १९६, राप्रपा उम्मेदवार गोपाल कटुवालले ४४ र स्वतन्त्र पार्टीका उम्मेदवार यादवराज प्रधानले ७४ मत पाएका छन् ।मोरङ क्षेत्र –६ मा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 98 पटक पढिएको
  • झापा –४ मा सात सय मत गणना गर्दा कसको मत कति ?

    झापा / झापा क्षेत्र नम्बर ४ मा सात सय मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भु प्रसाद ढकालको अग्रता कायमै रहेको छ । ढकालले तीन सय २५ मत प्राप्त गर्दा एमालेका लाल प्रसाद साँवा १९७ मतका दोस्रो स्थानमा छन् भने गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका देउ कुमार थेवे ११५ मतसहित तेस्रो स्थानमा छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.