राजनीति

    Showing 7,161-7,170 of 7,653 items.
  • प्रदेश २ का प्रदेश प्रमुखद्धारा लालबाबु राउतलाई पत्र

    काठमाडौं  / मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै  प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यामन्त्रीलाई पत्र लेखेका हुन् । झाले प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व रहेको  भन्दै यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखेका छन् । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 133 पटक पढिएको
  • प्रदेश मन्त्री भन्छन् : दुईटै किड्नी नभएको ओलीको पछि लाग्ने वुद्धि नभएका हुन्

    पोखरा / तेस्रो पटक लाईन परिवर्तन गरी मन्त्री बनेका विवादास्पद छवीका गण्डकी प्रदेशका बिना विभागिय मन्त्री दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।लामो समय ओली नेतृत्वको एमालेको पक्षमा आफुलाई उभ्याउँदा आएका मनाङेले शपथ ग्रहण गर्नु अघि प्रधानमन्त्री ओलीका विषयमा विवादास्पद टिप्पणी गरेका हुन् । ओली तर्फ संकेत गर्दै उनले दुईटै किड्नी नभएको मान्छेको पछि लाग्नेको भविष्य नरहेको बताएका हुन् । गण्डकीमा बनेको नयाँ प्रदेश सरकारमा आफुलाई कांग्रेसका पक्षमा उभ्याएका उनले किड्नी नभएका ओलीको पछि लाग्दा भविष्य नदेखेरै आफूले लाइन परिवर्तन गरेको दावी गरेका हु

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 607 पटक पढिएको
  • प्रदेश सरकारद्वारा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई एक लाख राहत

    धनुषा / धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश नं –२ सरकारले राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका –६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार रु एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधा

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 96 पटक पढिएको
  • एमालेले गुमायो गण्डकी प्रदेश

    पोखरा / नेकपा एमाले भित्रको आन्तरिक कलहका कारण एमालेको ओली समुहले गण्डकी प्रदेशको मुख्यमन्त्री पद गुमाएको छ । विगत एक महिना देखि जारी सरकार फेरबदलको खेलमा आज प्रदेश प्रमुखले बहुमत प्रदेश सांसदको समर्थन रहेका कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए । पोख्रेलले एक महिना भित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने छ । 

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 136 पटक पढिएको
  • खोप दुरुपयोग : एमाले नेताको आदेश मान्दा कारवाहीमा पर्ने भए स्वास्थ्यकर्मी

    बिर्तामोड / सरकारद्धारा जारी कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारमा रहेको दल एमालेको केपी शर्मा ओली समुहका मन्त्री , नेता र सांसदको दवावका भरमा मापदण्ड मिचेर लगाईएको खोपमा संलग्न स्वास्थ्य कर्मचारीमाथि कारवाही हुने भएको छ ।काठमाण्डौ , विराटनगर , हेटौडा र कञ्चनपुर लगायत देशका विभिन्न ठाउँमा सरकारी मापदण्ड भन्दा वाहिर गएर खोप लगाएको विषय सार्वजनिक भएपछि वदनाम र आलोचनाको शिकार बनेको सरकारले खोप लगाउने कर्मचारीमाथि कारवाही गर्ने भएको हो ।स्वास्थ्य सेवा विभाग र जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्य कार्यालयलाई पत्राचार गरी खोप लगाउने कर्मचारीको सूचि सहितको विवरण बुझाउन आदेश दिएका छन् । काठमाण्डौम

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 372 पटक पढिएको
  • गण्डकीमा किचलो : देउवाकै हालतमा पुग्ने भए नेपाली

    पोखरा / प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अगाडि नबढाईदिंदा नयाँ सरकार गठन हुन सकेको छैन ।माओवादी नेता अमिक शेरचनलाई पदमुक्त गरी ओलीले उनको ठाउँमा ल्याएका पौडेलले आफैंले दिएको समय समेत पालना नगरेपछि गण्डकी प्रदेशमा किचलो सुरु भएको हो । एमालेकै ओली समुहका नेता पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएपछि नयाँ सरकार गठनका लागि दिएको समय भित्र वहुमत प्राप्त विपक्षी गठबन्धनका नेतालाई पौडेलले नियुक्ति गर्न आनाकानी गर्न थालेपछि किचलो सुरु भएको हो ।प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि दिएको समय ३ बजे सकिए पनि मुख्य

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 337 पटक पढिएको
  • ठाकुर–महतोलाई सत्तारोहण निल्नु न ओकल्नु !

    बिर्तामोड / आफ्ना केहि माग पुरा भएको भन्दै जसपा विभाजन गरी संकटमा परेको केपी शर्मा ओली नेतृत्वको सरकार जोगाउन गएका जसपाका नेतालाई सत्तारोहण सर्वोच्चको फैसलाका कारण निल्नु न ओकल्नु भएको छ ।संसद विघटनको विवादास्पद निर्णय पछि मधेसका जनताको माग पुरा भएको आफु आवद्ध पार्टी नै विभाजन गरेर सरकारमा गएका राजेन्द्र महतो र महन्त ठाकुर समुहलाई सर्वोच्चको फैसलाका कारण समस्या भएको छ । लाखौं मधेषि जनताले नागरिकता पाउने अनि विभिन्न समयमा थुनामा परेका रेशम चौधरी लगायतका नेता रिहा हुने भन्दै राजेन्द्र महतोको नेतृत्वमा सो समुह सरकारमा गएको थियो ।आफ्नो सरकार जोगाउन संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 252 पटक पढिएको
  • महासेठको स्वागतका लागि सरकारी कोषको लाखौं स्वाहा

    जनकपुर / उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री एवं एमालेको ओली समुहका नेता रघुविर महासेठ गृहजिल्ला पुगेपछि स्थानिय निकायले स्वागतका नाममा लाखौं रुपैंया खर्च गरेका छन् ।कोरोना महामारीले मुलुक नै आक्रान्त रहेका बेला गृहजिल्ला पुगेका महासेठका लागि ओली समुहका नेता मेयर रहेका नगरपालिकाले सरकारी ढुकुटीको लाखौं रुपैंया खर्च गरेका हुन् । सकृय राजतन्त्रको समयमा भएका भ्रमणको झल्को दिने गरी महासेठको स्वागतमा लाखौं रुपैंया खर्च गरिएको हो ।ओली समुहका नेता मेयर रहेको मिथिला विहारी नगरपालिकाले अक्सिजन सिलिण्डर वितरणका लागि पुगेका महासेठका लागि सरकारी ढिकुटिको रकम खर्च गरिएको हो । कोरोनाले आम नागरिक रोग र भोक

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 254 पटक पढिएको
  • अक्सिजन सिलिण्डर वितरणमा उपप्रधानमन्त्रीको विभेद

    जनकपुर / उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री  एवं नेकपा एमालेको ओली समुहका नेता तथा  रघुवीर महासेठले आफ्नो गृहजिल्लाका स्थानीय तहलाई अक्सिजन वितरणमा विभेद गरेका छन् । एमालेको ओली समुहका मेयर भएका पालिकालाई बेसी दिएर अन्य दलका मेयर भएका पालिकालाई कम सिलिण्डर दिएका हुन् ।  महासेठको निर्वाचन क्षेत्र समेत रहेको गृहजिल्ला धनुषाका १८ स्थानीय तहलाई सिलिण्डर वितरण गर्दा उनले आफु र आफ्नो दलका मेयर भएका पालिकालाई बेसी दिएर अन्यलाई कम दिएका हुन् । ओली समुहका मेयर रहेका मिथिला नगरपालिका  र मिथिला बिहारी नगरपालिकालाई महासेठले १०–१० थान अक्सिजन सिलिण्डर दिएर अन्य दलका मेयर रहेका जन

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 143 पटक पढिएको
  • प्रधानमन्त्रीका सल्लाहकारको झुटो दावी, यस्तो छ वास्तविकता !

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले  पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने प्राइम टाइम्स टिभिको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा २०७८ साल जेष्ठ २३ गते समसामायिक राजनीतिका बारेमा कुराकानी गरेका थिए । थापाले सो अन्तर्वार्तामा सरकारको आर्थिक वर्ष २०७८र७९ को बजेटले वैधानिकरुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन गरेर निकासी गर्न प्रस्ताव गरे लगत्तै विवादास्पद बनेको चुरेको विषयमा टिप्पणी गरेका थिए । चुरे संरक्षणको बारेमा बोल्ने क्रममा उनले चुरे नेपालमा मात्र रहेको दाबी गरेका छन् ।उनले भनेका थिए :“चुरे संरक्षणसँग सम्बन्धित राष्ट्रपति चुरे कार्यक्रम छ, २० वर्षे

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 202 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा