काठमाडौँ / मुस्ताङको प्रदेशसभा (१) मा पनि नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५६ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

नम्डुले १ हजार ४८ मत ल्याउँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।

OM Sai Pathibhara Hospital

मुस्ताङमा प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना चलिरहेको छ ।