विराटनगर / मोरङको क्षेत्र –६ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता लिएका छन् । छ सय मत गणना गर्दा कोइरालाले अग्रता लिएका हुन् ।

कोइरालाले २४९ मत पाउँदा एमालेका उम्मेदवार लालबाबु पण्डितले १९६, राप्रपा उम्मेदवार गोपाल कटुवालले ४४ र स्वतन्त्र पार्टीका उम्मेदवार यादवराज प्रधानले ७४ मत पाएका छन् ।

OM Sai Pathibhara Hospital

मोरङ क्षेत्र –६ मा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।