बिर्तामोड / झापा –३ मा दुई हजार पाँच सय २१ मत गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । 

लिङ्देनले एक हजार दुई सय ७४ मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ९९५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार प्रकाश पाठकले १०४ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै प्रदेशसभा (१) तर्फ पाँच सय मत गणना गर्दा कांग्रेसका भुमी प्रसाद राजवंशी अग्रता रहेको छ । राजवंशीले दुई सय ७५ मत ल्याउँदा एमालेका वसन्त कुमार बानियाँले एक सय ९५ मत पाएका छन् ।