काठमाडौं /  काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । यद्यपि निर्वाचन आयोगले भने मतपरिणाम सार्वजनिक गरेको छैन । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती चरण देखिनै अग्रता बनाएको थियो । 

यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले उनलाई कडा टक्कर दिएका थिए । बीचमा अग्रता बनाएका सायमी अन्तिममा दोस्रो स्थानमा झरेका हुन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य तेस्रो स्थानमा रहेका छन् । 

OM Sai Pathibhara Hospital