काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा –५ मा आफ्नो अग्रता कायम राखेका छन् ।

हालसम्म २२ हजार २०७ मत गणना गर्दा ओलीले ११ हजार २८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी ६ हजार ५ सय १६ मतसहित दोस्रो स्थानमा छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेल रहेका छन् । उनले १ हजार ९ सय ४ मत ल्याएका छन् । 

अन्य उम्मेदवारहरूले उल्लेख्य मत ल्याउन सकेका छैनन् । जनमत पार्टीका भीम राजवंशीलाई ९१३ मत आउँदा बाँकी ६ उम्मेदवारको मत १०० भन्दा कम छ । सचेत नेपाली पार्टीबाट उम्मेदवारी दिएका रामप्रसाद पाठक उर्फ युग पाठकले ५६ मत ल्याएका छन् ।