काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११:३० बजेसम्मको मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् । 

जसअनुसार काठमाडौं –२ मा सोविता गौतम, काठमाडौं –६ मा शिशिर खनाल, काठमाडौं –७ मा गणेश पराजुली, काठमाडौं –४ मा विराज भक्त श्रेष्ठ, कास्की –२ मा माधवप्रसाद कँडेल, कास्की –३ मा योग राज पौडेल र चितवन –१ मा हरि ढकालले अग्रता लिएका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै नवलपरासी –१ मा महेन्द्र सेन (ठकुरी), रूपन्देही –२ मा गणेश पौडेल, ललितपुर –३ मा तोसिमा कार्की, सुनसरी –१ मा गोमा तामाङ, सुनसरी –२ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता रहेको छ ।