राजनीति

    Showing 701-710 of 10,298 items.
  • रास्वपाका नवनिर्वाचित पदाधिकारीहरूको शपथ आजै हुने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार (आज) साँझ हुने भएको छ।चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण हुन लागेको हो।सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिल जनाएको छ।महाधिवेशन आयोजक समितिले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनुरोध गरेको छ। आइतबारदेखि सुरू भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार सम्पन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 559 पटक पढिएको
  • मदन भण्डारीको स्मृतिमा जुट्दै विभाजित कम्युनिस्ट नेतृत्व

    काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू लामो समयपछि एउटै मञ्चमा देखिने भएका छन्।मदन भण्डारी फाउण्डेशनले आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।गोष्ठीमा पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल

    • प्रकाशित मितिः असार १२, २०८३
    • 209 पटक पढिएको
  • उचित पुनर्स्थापनाको माग गर्दै माइतीघरमा सुकुम्वासीको विरोध प्रदर्शन

    काठमाडौं— उचित पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको माग गर्दै सुकुम्वासीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट वैकल्पिक व्यवस्था नगरी बाहिरिन निर्देशन दिइएको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न दिइएको समय असार १९ गतेसम्म थप गरेको छ। उपत्यकाका नदी किनारका बस्तीहरू गत वैशाखमा हटाइएपछि प्रभावित परिवारहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।समितिले घरभाडाको व्यवस्था गरिने जानकारीसहित होल्डिङ सेन्टर खाली गर्न भन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 525 पटक पढिएको
  • रास्वपा उपसभापति पदमा स्वर्णिम निर्विरोध निर्वाचित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक

    • प्रकाशित मितिः असार १२, २०८३
    • 444 पटक पढिएको
  • विष्णु पौडेल प्रकरणमा सरकारमाथि झाँक्रीको प्रहार : ‘एकजनाको बयानमै पक्राउ ?’

    काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरेको आरोप लगाएकी छन्।शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले बयानका लागि जहिले पनि उपस्थित हुन सक्ने व्यक्तिलाई एकजनाको बयानकै आधारमा पक्राउ गर्नु न्यायिक प्रक्रियाको दुरुपयोग भएको दाबी गरिन्। सरकारले सुशासनको नाममा विपक्षी दलका नेताहरूलाई लक्षित गर्दै राजनीतिक प्रतिशोध साँध्न खोजेको उनको आरोप थियो।उनले सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वगृहमन्त्री र अहिले पूर्वअर्थमन्त्री विष्णु प

    • प्रकाशित मितिः असार १२, २०८३
    • 160 पटक पढिएको
  • रास्वपा महाधिवेशनले संसद् रोकेपछि हर्कको कटाक्ष : देश ठूलो कि पार्टी ?

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिँदै जाँदा प्रतिनिधि सभाको बैठक पटक–पटक स्थगित भएको विषयले राजनीतिक बहस चर्किएको छ। यही विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र संसद् नेतृत्वमाथि कडा असन्तुष्टि व्यक्त गरेका छन्।साम्पाङले संसद्को बैठक कुनै राजनीतिक दलको आन्तरिक महाधिवेशनका कारण प्रभावित हुनु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको टिप्पणी गर्दै  देश ठूलो हुन्छ कि पार्टी ? भन्ने प्रश्न सार्वजनिक रूपमा उठाएका छन्। उनले रास्वपाको पदाधिकारी निर्वाचन नसकिएकै कारण बैठक दुई पटक सारिएको भन्दै यसको विरोध गरेका छन्।व्यंग्यात्मक शैलीमा सभामुख डि

    • प्रकाशित मितिः असार १२, २०८३
    • 176 पटक पढिएको
  • रास्वपा महाधिवेशनको प्रभाव मन्त्रिपरिषद्मा पनि, निर्णय गोप्य राख्दै बैठक सकियो

    काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठक कुनै ठूला निर्णय सार्वजनिक नगरी टुंगिएको छ। बैठकले एउटा निर्णय गरे पनि त्यसलाई तत्काल सार्वजनिक नगरी अर्को बैठकपछि मात्रै जानकारी दिने सहमति भएको सरकारी स्रोतले जनाएको छ।सिंहदरबारमा बसेको बैठकमा अधिकांश मन्त्री अनुपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा सहभागी हुन धेरै मन्त्री चितवनमा रहेकाले बैठक न्यून उपस्थितिमै सञ्चालन भएको बताइएको छ।मन्त्रीहरूको अनुपस्थितिका कारण बैठक छोटो अवधिमै सकिएको स्रोतको भनाइ छ। यही अवस्थाका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपटक बैठकका तस्बिरसमेत सार्वजनिक गरेन।सरकारले निर्णय सार्वजनि

    • प्रकाशित मितिः असार १२, २०८३
    • 167 पटक पढिएको
  • प्रचण्डको नयाँ रणनीति : एमालेसँग सहकार्य, जसपासँग संवाद विस्तार

    काठमाडौं। पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिबीच सहकार्यको प्रक्रिया अघि बढिसकेको र लोकतान्त्रिक शक्ति जसपासँग पनि निरन्तर संवाद भइरहेको जानकारी दिए।उनले आगामी महाधिवेशनमार्फत पार्टीमा अर्को ‘क्रमभंग’ हुने दाबी गर्दै त्यसले नयाँ राजनीतिक सन्देश दिने बताए। साथै, अब पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राख्ने उल्लेख गरे । प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई आगामी दिनमा वाम राज

    • प्रकाशित मितिः असार १२, २०८३
    • 174 पटक पढिएको
  • तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो: उपाध्यक्ष डा.भट्ट

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावका कारण विकास आयोजना कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका, वित्तीय अन्तरसम्बन्ध तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा आयोजित छलफलमा बोल्दै उनले स्थानीय तहबाटै आवश्यक पहल नहुँदा कतिपय विकास योजना अघि बढ्न नसकेको बताए। उनले राष्ट्रिय योजना आयोगमा जिम्मेवारी सम्हालेपछि बजेटको

    • प्रकाशित मितिः असार १२, २०८३
    • 184 पटक पढिएको
  • रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गयो: ऐन महर

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने बताए । ‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिए । उनले महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.