काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठक कुनै ठूला निर्णय सार्वजनिक नगरी टुंगिएको छ। बैठकले एउटा निर्णय गरे पनि त्यसलाई तत्काल सार्वजनिक नगरी अर्को बैठकपछि मात्रै जानकारी दिने सहमति भएको सरकारी स्रोतले जनाएको छ।

सिंहदरबारमा बसेको बैठकमा अधिकांश मन्त्री अनुपस्थित थिए। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा सहभागी हुन धेरै मन्त्री चितवनमा रहेकाले बैठक न्यून उपस्थितिमै सञ्चालन भएको बताइएको छ।

मन्त्रीहरूको अनुपस्थितिका कारण बैठक छोटो अवधिमै सकिएको स्रोतको भनाइ छ। यही अवस्थाका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपटक बैठकका तस्बिरसमेत सार्वजनिक गरेन।

सरकारले निर्णय सार्वजनिक गर्न किन पर्खियो भन्नेबारे आधिकारिक जानकारी भने दिइएको छैन। अहिले भने अर्को मन्त्रिपरिषद् बैठकपछि उक्त निर्णय सार्वजनिक गरिने तयारी रहेको बताइएको छ।