बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् । केही दिनअघि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उनी आज पूर्वी नेपालको अवलोकन भ्रमणमा आएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसहितको टोली लिएर प्रधानमन्त्री आएका हुन् । स्वास्थ्य राज्य मन्त्री खापुङले आफूहरू हेलिकप्टरमार्फत बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा हिँडेको बताए । प्रधा
विराटनगर / फरार सूचीमा रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेपछि प्रहरी अलर्ट बनेको छ । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी खातुन मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन प्रदेश सभाको बैठकमा आउने चर्चा चलेपछि प्रहरी ‘अलर्ट’ बनेको हो।सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिवाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छिन् । उनी मोरङबाट समानुपातिक सांसद हुन्।
बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेशसभाको बैठकमा आचार्यले शुक्रबार पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन हुने भएको छ । प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए। बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो । सोहीअनुसार आज
बिर्तामोड / नेकपा एकीकृत समाजवादीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जिवराज आश्रितको हत्यामा राष्ट्रपति विध्या भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका शंकास्पद रहेको बताएका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका नेता खतिवडाले श्रीमती मुलुकको राष्ट्रपति र आफूलाई मदन भण्डारीका असली हकदार दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री रहेको समयमा समेत हत्याका विषयमा छानविन नभएको भन्दै नेता खतिवडाले दुवैको भूमिकामाथि आशंका गर्ने ठाउँ रहेको बताएका हुन् । पार्टी निकटको पत्रकार सङ्गठनले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै
बिर्तामोड / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाको संज्ञा दिएका छन् । देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरू लागेको आरोप लगाएका हुन् । उनले भने, –‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन् । जसले हाम्रा चरित्र हत्या गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए । एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो ।’ तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान
बिर्तामोड / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालय
बिर्तामोड / नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी
सर्वोच्च अदालतको आदेशमा पुर्नस्थापित भएको संसद पुन स् विघटन गरेर मुलुकलाई निर्वाचनमा धकेल्न खेल सुरु भएको छ । सत्तारुढ प्रमुख दलका नेताहरूले नै सार्वजनिक रुपमा अर्लि ईलेक्सनका विषयमा बोलिरहेको समयमा प्रधानमन्त्री समेतले अर्लि इलेक्सनका विषयमा सत्तारुढ दलमा छलफल हुने बताएपछि मुलुकलाई निर्वाचनमा होम्ने खेल सुरु भएको पुष्टि भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको समयावधि बाँकी रहँदै संविधान मिचेर संसद विघटन गरेको भनेर लामो समय संघर्ष गरेर सत्तामा पुगेका दलभित्रै सुरु भएको अर्लि इलेक्सनको बहसले मुुलुकलाई निर्वाचनमा होम्ने तयारी सुरु भएको बुझ्न सकिन्छ । ओली नेतृत
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताएका छन् । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताएका हुन् ।“अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ”, प्रधानमन्त्री देउवाले भने, “त्यसपश्चात् दीर्घकालीनरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।” उनले बर्सेनि कै
बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आर्चायले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । मुख्यमन्त्री आचार्यले आज (शुक्रबार) बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । तर मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए । भण्डारीले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजन सम्बन्धी प्रक्रिया सुरु हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।सत्तारूढ एमालेका ४१ सांसद छन् । एक ज
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.