काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने तयारी गरेको छ।

ढकालले प्रतिवेदनमार्फत पार्टी कमजोर बनेको बताएसँगै पार्टीले उनलाई कारबाही थालेको हो। उनीसँग सभापति रवि लामिछाने असन्तुष्ट छन्। ढकालले पार्टी जोगाउन कांग्रेस-एमालेसँग नभई बालेन शाहहरुसँग मिल्नुपर्ने बताएका थिए।

OM Sai Pathibhara Hospital

त्यसयता ढकालमाथि सभापतिनिकट नेताहरु असन्तुष्ट रहेको नेताहरु बताउँछन्। ढकालले सार्वजनिक रुपमै कांग्रेस एमालेलाई दोष लगाएकोमा सह महामन्त्री कवीन्द्र बुर्लाकोटी लगायतका नेता असन्तुष्ट छन्।

यसैबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारलाई डाकिएको बैठकमा ढकालकै प्रतिवेदनमाथि छलफल हुनेछ। बैठक पर्सिका लागि बोलाए पनि आजै उनलाई स्पष्टीकरण सोधिएको छ। 

पार्टीको अनुशासन आयोगले  ढकाललाई स्पष्टीकरण सोधेको हो। 

महामन्त्री ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीको अनुशासन आयोगले शुक्रबार स्पष्टीकरण सोधेको हो। 

पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै स्पष्टिकरण सोधेको हो। 

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’

३८ जिल्ला भ्रमणपछि पार्टीको वर्तमान अवस्थाबारे महामन्त्री ढकालले ३२ बुँदे प्रतिवेदन तयार पारेर पार्टी सभापति लामिछानेलाई बुझाएका थिए। ढकाल अहिले महामन्त्रीसहित प्रवक्ता छन्। उनको दुवै जाने सम्भावना छ।