काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। उनलाई एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले स्वागत गरेका हुन्। 

विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए। कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए।

OM Sai Pathibhara Hospital

पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका थिए ।  देव २०४९ सालमा एमालेबाटै राजनीति गरेका व्यक्ति हुन्। 

देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधान सभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन्।