काठमाडौं—  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । 

कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

OM Sai Pathibhara Hospital

बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर, यो अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

कांग्रेसका ११ वटा भ्रातृ संस्थाको तदर्थ समितिमै सीमित छ ।