काठमाडौं / राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको भन्दै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँमा रहेका युवा तथा महिला उद्यमीको ऊर्जा, उत्साह र क्षमता भएको बताए। उनले भने,‘ मैले भेटेका हरेक युवा र महिला उद्यमीको आँखामा ऊर्जा, उत्साह र प्रतिभा देखेँ । त्यसैले नेपालमै सम्भावना रहेछ भन्ने विश्वासका साथ भूकम्पपछि स्वदेश फर्कि
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गरे । उनले सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरका विषयमा निरन्तर कुरा गरेपनि त्यसले अपेक्षित रूपमा जनचासो नपाएको उल्ले
काठमाडौं— सरकारले अध्यादेशमार्फत हटाएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी पुरानो कानुनी व्यवस्था पुनः लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद्मा दर्ता गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मा यसअघि खारेज गरिएका व्यवस्थालाई पुनः कायम गर्ने प्रस्ताव गरिएको हो।विधेयकको दफा ८ मा अध्यादेशबाट खारेज गरिएका प्रावधान नयाँ ऐन लागू भएसँगै स्वतः पुनः कायम हुने व्यवस्था गरिएको छ। यसअघि सरकारले अध्यादेशमार्फत विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी व्यवस्था हटाउँदै पद रिक्त गराएको थियो।विध
विर्तामोड — नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी अघि बढाउने बताएका छन्।नेपाली कांग्रेस झापाले आयोजना गरेको पदाधिकारी, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय समिति, गाउँ–नगर सभापति, नेविसंघ, तरुण दल र महिला संघका प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयअनुकूल र प्रविधिमैत्री बनाउने अभियान तीव्र पारिएको बताए।वर्तमान समय डिजिटल युगको भएको उल्लेख गर्दै संग्रौलाले सामाजिक सञ्जालमा हुने ‘स्टन्टबाजी’ले मुलुकको राजनीतिलाई प्रभावित बनाएको टिप्पणी गरे। त्यसैले कांग्रेसले पनि डिजिटल माध्यमबाट क्
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने भएको छ।परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेशी आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त रहेका पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको परिषद् बैठकलाई म
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा परराष्ट्र नीतिमा केही नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ। सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहुँच विस्तार, संस्थागत प्रणाली सुदृढीकरण र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।सरकारले परराष्ट्र मन्त्रालयको समन्वयबिना मन्त्री वा उच्च सरकारी अधिकारीले विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न नपाउने व्यवस्था लागू गर्दै कूटनीतिक आचारसंहिताको कडाइका साथ पालना गराएको बताएको छ। यससँगै विगतमा प्रचलित अनौपचारिक भेटघाटको अभ्यास अन्त्
दुबई— इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी तीव्र भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्।इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिर र भिडियोमा वाहिदी अन्त्येष्टिसम्बन्धी बैठक तथा तेहरानमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भएको देखिएका छन्। युद्ध सुरु हुनुअघि फेब्रुअरी ८ यता उनी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष अर्थका साथ हेरिएको छ।विश्लेषकहरूका अनुसार अमेरिकासँग हुन सक्ने सम्भावित वार्तामा इरानको रणनीति तय गर्न वाहिदी
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानअन्तर्गत निर्माण गरिएको आरएसपीइआरएस नामक डिजिटल प्लेटफर्मबारे प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गर्ने भएको छ ।रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०ः३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सांसदहरूलाई आरएसपीइआरएस प्रणालीको प्रयोग तथा साइबर सुरक्षासम्बन्धी सचेतनाबारे जानकारी दिइने जनाइएको छ ।रास्वपाले बैठकपछि प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणाल
काठमाडौं / नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ । शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् । काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।
काठमाडौं— राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये निम्न लिखित मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि समूहीकृत रुपमा छलफल हुने ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, ग। पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.