काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने भएको छ।
परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेशी आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त रहेका पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको परिषद् बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।




































