राजनीति

    Showing 6,351-6,360 of 10,353 items.
  • विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल, दाबी पेस गर्ने कांग्रेसको तयारी

    काठमाडौं–केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएका थिए । त्यसपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 284 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैँ, अंकगणित के छ ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ । सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप ज

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 460 पटक पढिएको
  • चित्रबहादुरको चिन्ता : ओलीले फेरि संसद विघटन गर्न सक्छन्

    काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् ।बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केसीले पहिले प्रधानमन्त्री भएको बेला ओलीले संसद विघटन गरेको विषयलाई अदालतले सच्याउँदासमेत अहिलेसम्म गल्ती स्वीकार नगरेको बताए । उनले भने, ‘ओलीको कदम अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि गल्ती भयो भनेर अहिलेसम्म स्वीकारेका छैनन्, फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’कांग्रेस र एमालेले गरेको भनिएको सातबुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेक

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 349 पटक पढिएको
  • कांग्रेसको प्रमुख सचेतकमा घिमिरे

    काठमाडौँ- नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम उनलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो।  घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 284 पटक पढिएको
  • राप्रपाको संगठन विस्तार र आन्दोलनको कार्यक्रम सुभारम्भ

    भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ। राप्रपाले आन्दोलनका लागि देशभरीका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ।  ‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ। जनताले राप्रपाको एजेण्डालाई मन पराएका छन्, राप्रपाप्रति आशावादी छन्। त्यसैले देशमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार लगायतका वेथिति अन्त्य गरेर जनताको अपेक्षा पूरा गर्न राप्रपा वडा तहसम्मको संगठन मजबुत बनाउन लागीपरेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवल

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 264 पटक पढिएको
  • राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

    काठमाडौँ- राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। प्रतिपक्षमा बस्ने भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत नदिने निर्णय लिएका हुन्। यसअघि भने लिङ्देनले कांग्रेस एमालेको गठबन्धन सकारात्मक भनेका थिए। तर आज भने विश्वासको मत नदिने निर्णय लिएको लिङ्देन निकट स्रोतको भनाइ छ। 

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 313 पटक पढिएको
  • नागरिक उन्मुक्ति पार्टी फेरि फेर्‍यो संसदीय दलको नेता

    काठमाडौं— नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ । असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उनलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ । बहुमत सदस्यको समर्थनमा उनलाई फेरि संसदीय दलका नेता चयन गरिएको हो । यसैगरि, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको छ । दलका नेता चयन गर्नका लागि घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी र लक्ष्मण किशोर चौधरीको उपस्थिति देखिएको छ । सात जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति पार्टीका तीन जना प्रदे

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 395 पटक पढिएको
  • उपसभामुखलाई राजीनामा दिन माग गर्दै संसदीय समितिमा उजुरी

    काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरविरुद्ध संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्। रानाले आफूसँगै अमेरिकामा जान ५ सर्वसाधारणलाई भिषा दिन अमेरिकी राजदूतावासलाई पत्र लेखेकी थिइन्। तर, ती कसैले पनि भिषा नपाएपछि उपसभामुखसँग उनीहरू असन्तुष्ट बनेका थिए। ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् ।

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 406 पटक पढिएको
  • जसपा-जनमतले दिने, माओवादी, रास्वपा र एकीकृत समाजवादीले नदिने

    काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। यता जनमतका प्रवक्ता सरदसिंह यादवले मत दिने बताए। ‘जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ’, उनले भने।प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते (आइतबार) प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। गत आइतबार र

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 282 पटक पढिएको
  • कांग्रेसको १५ औँ महाधिवेशन : शेखरलाई सुजाताको ढाडस, शशांकको आश

    काठमाडौँ- नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औँ महाधिवेशन सभापतिमा शेखर कोइरालालाई समर्थन घोषणा गरेकी छन् ।उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने विश्वास व्यक्त गरिन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भनिन्,'हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।'गएको १४ औँ महाधिवेशनमा सुजाताले सभापतिका प्रत्यासी प्रकाशमान सिंहको गुटबाट उपसभापति लडेकी थिइन्। शशांक भने तटस्थ बसेका थिए। तर, उनले देउवालाई समर्थन गरेको शेखरपक्ष नेताहरूको आरोप थियो। सभापति शेरबहादुर देउवा इतरपक्षबाट शेखर सभापतिमा उठ्न

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.