काठमाडौँ- राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

प्रतिपक्षमा बस्ने भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत नदिने निर्णय लिएका हुन्।

यसअघि भने लिङ्देनले कांग्रेस एमालेको गठबन्धन सकारात्मक भनेका थिए। तर आज भने विश्वासको मत नदिने निर्णय लिएको लिङ्देन निकट स्रोतको भनाइ छ।