काठमाडौं— नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ । 


OM Sai Pathibhara Hospital

असार २९ गते बहुमत सदस्यको समर्थनमा खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता बनाइएको थियो । साता दिनभित्रै उनलाई हटाएर पुनः घनश्याम चौधरीलाई संसदीय दलका नेता चयन गरिएको छ । 


बहुमत सदस्यको समर्थनमा उनलाई फेरि संसदीय दलका नेता चयन गरिएको हो । 


यसैगरि, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतकमा चयन गरिएको छ । दलका नेता चयन गर्नका लागि घनश्याम चौधरी, रामेश्वर चौधरी, इन्दिरा गिरी र लक्ष्मण किशोर चौधरीको उपस्थिति देखिएको छ । 


सात जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्ति पार्टीका तीन जना प्रदेश सभा सदस्य पार्टी संरक्षक रेसम चौधरी पक्षमा देखिएका छन् । यसै गरी, कैलाश चौधरी, टीका थापा र खुसीराम डङ्गौरा थारु पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको पक्षमा देखिएका छन् । 


प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले आफू नागरिक उन्मुक्ति पार्टीको संस्थापक रहेका कारण तटस्थ बसेको बताए । 


खुसीराम डङ्गौरा थारुलाई संसदीय दलका नेता चयन गर्नसमेत समर्थन जनाउनु भएका उहाँले आफू कसैको पक्षमा नरहेका कारण जसको पक्षमा पनि हस्ताक्षर गर्न तयार रहेको बताए ।