काठमाडौँ- नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम उनलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

यसअघिका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो। घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।