काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् ।

बुटवलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केसीले पहिले प्रधानमन्त्री भएको बेला ओलीले संसद विघटन गरेको विषयलाई अदालतले सच्याउँदासमेत अहिलेसम्म गल्ती स्वीकार नगरेको बताए । 

OM Sai Pathibhara Hospital

उनले भने, ‘ओलीको कदम अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि गल्ती भयो भनेर अहिलेसम्म स्वीकारेका छैनन्, फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’

कांग्रेस र एमालेले गरेको भनिएको सातबुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेको भनेर नेता केसीले प्रश्न गरे । ‘रातारात गरेको सातबुँदेमा के छ रु जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन्’, केसीले भने ।

कांग्रेस र एमालेले स्थिरताका लागि नयाँ सरकार बनाएको भने पनि  सरकार कति दिन टिक्छ भन्ने यकिन नभएको उनले बताए ।