काठमाडौँ / नेपाली कांग्रेसको १४औँ अधिवेशन अन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ।१४ हिमाली जिल्लाको अधिवेशन यसअघि नै भइसकेको थियो भने दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भरखरै भएको हो । ३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल गुट बलियो देखिएको छ। पौडेल गुटले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा गुटले १६ जिल्लामा सभापति जितेको छ।केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार बिहानसम्म थप तीन जिल्लाको परिणाम सार्वजनिक भएको हो। जसअनुसार खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा र पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यी तीनैजना वरिष्ठ नेता पौड
काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगाम
चितवन / नेकपा (एमाले) ले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेता तथा कार्यकर्तालाई स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश गर्न दिने भएको छ । एमालेले कोभिडको समय भएकाले बन्दसत्र स्थलमा नेता तथा कार्यकर्ताको रुघाखोकी तथा ज्वरो परीक्षण गरेपछि मात्रै प्रवेश गर्न दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले जानकारी दिए । महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेक
चितवन / नेकपा एमालेको दशौँ महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका राप्रपाका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । अध्यक्ष थापाले कार्यक्रमको सम्बोधन गर्ने क्रममा ओलीलाई राष्ट्रिय एकताको प्रतीक भन्दै प्रशंसा गरेका हुन् ।विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै थापाले ओलीको प्रशंसा गरेका थिए । थापाले ओलीको प्रशंसा गरि रहँदा एमालेका नेता तथा कार्यकर्ताले हुटिङ गरेका थिए । थापाले भने, –‘‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्यान्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईँका अनुसार उनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो।विगत डेढ महिनादेखि उनको थाइल्यान्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो। जटिल प्रकारको जन्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो।नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शिला पनि बैंककबाट चीनको सेनजेन गएका छन्। जन्डिसले पिरोलेपछि नेता पुनला
चितवन \ चितवनमा कांग्रेसको जिल्ला अधिवेशन केही समयका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनमा राष्ट्रिय महाअधिवेसन गरे पछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको हो ।काङ्ग्रेस चितवनको जिल्ला अधिवेशन उद्घाटन गर्ने दिननै एमालेको महाधिवेशन उद्घाटन गर्नै दिन परेका कारण काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको बताइएको छ । एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न समेत समस्या देखिए पछि काङ्ग्रेस जिल्ला अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले बताए ।काङ्ग्रेस अधिवेशनको अर्को मिति भने तय भई सकेको छैन ।
खोटाङ / खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् । गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिवालय सदस्य लगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ । फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा
कैलाली / नेपाली काँग्रेस दार्चुलाको १४ औँ महाधिवेशनका लागि भएको निर्वाचनपछि मतगणनामा झडप भएको छ । दार्चुला जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो ।झडपमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका छन् । घाइते सबै धामी पक्षका कार्यकर्ताहरू रहेको बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमतिको प्रयास सफल नभएपछि बिहीबार मतदान भएको थियो।
चितवन / नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो ।महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । शुक्रबार मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ ।एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार संयोजक योगेश भट्टराईले उद्घाटन सभामा चितवनलगायत देशका विभिन्न भागबाट पाँच लाखभन्दा बढी एमालेका नेता तथा कार्यकर्ताले सहभागिता जनाउने दावी गरे । पश्चिमतर्फबाट हुने सहभागीलाई लक्षित गर
बिर्तामोड / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ३० जिल्लाको परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक पछिल्लो परिणाम अनुसार जिल्ला सभापतिमा देउवा पक्ष बलियो देखिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामध्ये हालसम्म ३० जिल्लाको परिणाममा देउवा पक्ष बलियो देखिएको हो ।सभापति शेरबहादुर देउवा पक्षधर १६ जना र पौडेल पक्षका १४ जना जिल्ला सभापतिमा चयन भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म हुने कार्यतालिका रहेको छ ।देउवानिकट सभापतिताप्लेजुङ – गजेन्द्र तुम्याहाङरामेछाप – कान्छाराम तामाङमुगु – ऐनबहादुर शाहीम्याग्दी – खमबीर गर्बुजाडोटी – नरेन्द्रबहादुर सिंहडोल्पा–
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.