राजनीति

    Showing 6,231-6,240 of 10,353 items.
  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 480 पटक पढिएको
  • जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं-  जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।उनले भने, ‘बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू(राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ ।’यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 460 पटक पढिएको
  • यी हुन् देउवाले तोकेका ३७ विभागका प्रमुख

    काठमाडौँ-  नेपाली कांग्रेसले ३७ वटा विभाग प्रमुख तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ ९संशोधनसहित०को धारा ३७ (१) (ग) बमोजिम विभाग प्रमुख तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।विभाग प्रमुख तोक्ने विषयमा आज देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहित शीर्ष नेताहरुलाई बुढानीलकण्ठ बोलाएर छलफल गरेका थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 418 पटक पढिएको
  • मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन्।  यस्तै कांग्रेसबाट आर्थिक मामिला

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 313 पटक पढिएको
  • सोबिता गौतमले भनिन् : ममाथि दुर्व्यवहार भयो

    काठमाडौँ- रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 288 पटक पढिएको
  • कर्णाली प्रदेश : मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

    काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रदेशसभा सचिवालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले संविधानको धारा १८८ को उपधारा (२) अनुसार, आफूलाई विश्वास छ भन्ने स्पष्ट गर्न आज मत लिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, कांग्रेसका चार मन्त्री सरकारमा सहभागी भएसँगै, सरकारलाई पूर्णता प्राप्त भएको छ । कुल ४० सदस्य भएको कर्णाली प्रदेशसभ

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 451 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश : मन्त्रालयको भागबन्डा र पावर सेयरिङ्गमा विवाद

    काठमाडौं–सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको छ, तर मन्त्रालयको भागबन्डा र पावर सेयरिङ्गमा विवाद उत्पन्न भएको छ। काँग्रेस, नेकपा (एमाले), र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रालयहरूको संख्या तोक्नेमा सहमति भए पनि, पावर सेयरिङ्गमा असहमतिहरू देखिएका छन्। नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार, मन्त्रालयको टुङ्गो नलाग्दा शपथ ग्रहणको समय तय गर्न गाह्रो भइरहेको छ। उनका अुसारमन्त्रालय संख्या बारे कुनै विवाद छैन, तर कुन मन्त्रालय कसलाई दिने भन्ने समस्या छ ।  मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीहरूको नाम पनि निश्चित भइसकेको छैन । मुख्यमन्त्री दीर्घ बहादुर

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 409 पटक पढिएको
  • वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ : अध्यक्ष नेपाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको दाबी गरेका छन् । उनले आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्ने बताएका छन् । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती भएको उनको भनाई थियो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने भन्दै नेपालले वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो भएको बताए । उनले संविधान र गणतन्त्रको

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 346 पटक पढिएको
  • सुदूरपश्चिममा कमललाई मुख्यमन्त्री बनाउन दाबी पेश

    काठमाडौं- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छ्न्। कांग्रेस र एमाले सांसदको समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह यसअघि पनि मुख्यमन्त्री थिए । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 184 पटक पढिएको
  • एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौं- नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.