काठमाडौं–सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको छ, तर मन्त्रालयको भागबन्डा र पावर सेयरिङ्गमा विवाद उत्पन्न भएको छ। काँग्रेस, नेकपा (एमाले), र नागरिक उन्मुक्ति पार्टीबीच मन्त्रालयहरूको संख्या तोक्नेमा सहमति भए पनि, पावर सेयरिङ्गमा असहमतिहरू देखिएका छन्।
नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार, मन्त्रालयको टुङ्गो नलाग्दा शपथ ग्रहणको समय तय गर्न गाह्रो भइरहेको छ। उनका अुसारमन्त्रालय संख्या बारे कुनै विवाद छैन, तर कुन मन्त्रालय कसलाई दिने भन्ने समस्या छ ।

मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीहरूको नाम पनि निश्चित भइसकेको छैन । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको राजीनामापछि, एमाले र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा काँग्रेसका शाह दोस्रो पटक मुख्यमन्त्री बनेका छन् ।