काठमाडौं- नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए ।