काठमाडौं- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छ्न्। कांग्रेस र एमाले सांसदको समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । यहाँ कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।

आज साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह यसअघि पनि मुख्यमन्त्री थिए । नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएका थिए ।