काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको दाबी गरेका छन् ।

उनले आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्ने बताएका छन् । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती भएको उनको भनाई थियो ।

OM Sai Pathibhara Hospital

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने भन्दै नेपालले वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो भएको बताए । उनले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्ने स्पष्ट पारेका छन् ।