काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनका लागि प्रस्ताव प्रदेशसभा सचिवालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन् ।

उनले संविधानको धारा १८८ को उपधारा (२) अनुसार, आफूलाई विश्वास छ भन्ने स्पष्ट गर्न आज मत लिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलको नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तर, कांग्रेसका चार मन्त्री सरकारमा सहभागी भएसँगै, सरकारलाई पूर्णता प्राप्त भएको छ ।

कुल ४० सदस्य भएको कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक सांसद रहेका छन् ।