काठमाडौँ- रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् ।