काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक कार्यक्रमका बिच शाहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
त्यस्तै, प्रदेश प्रमुख मियाँले नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट भएका मन्त्री तथा राज्यमन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले शपथ ग्रहण गरेका हुन्।
यस्तै कांग्रेसबाट आर्थिक मामिला मन्त्री बनेका बहादुर सिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले शपथ ग्रहण गरेका छन् ।
त्यस्तै मुख्यमन्त्री शाहले एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
योसँगै मुख्यमन्त्री शाहलेको १० सदस्य मन्त्रीमण्डल बनेको हो ।