काठमाडौं / नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भृकुटिमण्डपमा शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ। सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो व्यक्ति हुन्। गुरुङ केन्द्रीय सदस्य हुन् ।यस्तै सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।
काठमाडौँ,/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताएका छन ।पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन क्रममा शुक्रबार भेटिएका धनुषा क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि राजकिशोर सिंह २१ औँ शताब्दीमा समयसँगै पार्टीभित्र पनि रूपान्तरणको खाँचो रहेको बताउँछन ।यसपटकको महाधिवेशनको नारा पनि उत्साह, एकता र रूपान्तरण रहेको छ । कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो यसबारे पार्टीभित्र गम्भीर समीक्षा हुनु जरुरी रहेको उनको भनाइ छ । “कांग्रेसले मधेशमा राम्रो प्रदर्शन गर
काठमाडौँ / नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज भक्तपुरमा बस्ने भएको छ ।एमालेको दशौँ महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो ।बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजेका लागि सारेर त्यसअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको तामाङले बताए ।
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरूले पूर्ण रुपमा जनताको विश्वास गुमाएको बताएका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले नेताहरूले जताको विश्वास गुमाएको बताएका हुन् । लिङ्देनले भने, –‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? राजनीतिले । राजनीतिलाई कसले ठीक लगाउने ? नेताहरूले । तर अहिले नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ ।’अहिले नेताहरू गाउँमा जाँदा जनताहरूले चोरको संज्ञा दिने गरेको समेत बताएका छन् ।&nbs
काठमाडौँ / भारतीय जनता पार्टी (भाजपा) का नेता हर्ष वर्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका छन् । नेपाली कांग्रेसको जारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बर्धनले यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको बताएका हुन् । एक अर्काको कार्याक्रममा नेताहरु उपस्थित भएको देखेर बताउँदै नेपालका राजनीतिक दलहरूको प्रशंसा गरेका छन् । नेता वर्धनले भने, –‘नेपालमा एकै पटक धेरै प्रधानमन्त्रीहरूलाई मञ्चमा देख्दा खुसी लागेको छ । एउटै मञ्चमा यति धेरै पूर्व–प्रधानमन्त्रीहरु भारतमा पनि देखेको छैन ।’कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व प
काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन ।कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका नेता कार्कीले आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताए ।प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत
काठमाडौँ / नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनमा अध्यक्ष पदकालागि तीन जनाले उम्मेद्वारी दिएका छन् । माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष पदमा सुरश कुमार राई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले उम्मेद्वारी दिएका हुन् । प्रदेश अध्यक्ष समेत रहेका राईले पटक/पटक पार्टी फुट्दा समेत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिएका थिए । आफूले अहिलेनै उम्मेदवारी घोषणा नगरेपनि बहुमत प्रतिनिधिहरूले उठ्न आग्रह गरेको राईले बताए ।उदयपुरबाट संघीय सांसद जितेका राईको जनाधार समेत राम्रो रहेकाले उनलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादी
काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् ।कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् । अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ, उनले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए । यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दि
विराटनगर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश १ बाट मात्रै केन्द्रीय नेतृत्वका लागि ५३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सभापति, उपसभापति, महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्य पदमा गरी प्रदेश १ बाट हालसम्म ५३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । कांग्रेसको विधान अनुसार १४औं महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सह–महामन्त्री गरी १३ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुँदैछन् ।प्रदेश १ बाट केन्द्रिय सभापतिमा डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा. नारायण खड्का र महेश आचार्यले उम्मेद्वारी दिने भएका छन् । महामन्त्रीमा प
काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनलाई केन्द्रित गरी काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटा जिल्लाका लागि पाँच हजार भन्दा बढी प्रहरी खटाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार महाधिवेशनको उद्घाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको छ ।ट्राफिक प्रहरी प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार अघिल्ला दिनहरूको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरूको संख्या बढेको छ । प्रविधिको प्रयोग गरेर पर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.