काठमाडौँ- गृहमन्त्री एवम् रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले संसद्का सबैभन्दा दुई ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वाभाविक नभएको स्वीकार गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “संसद्का सबैभन्दा ठूला दुई दलले सरकार बनाउने अभ्यास खासै स्वाभाविक होइन, कतिपय अवस्थामा स्वाभाविक मानिँदैन,” लेखकले भने।

OM Sai Pathibhara Hospital

तर, आफूहरूले आवश्यकताले त्यसो गरेको उनले जिकिर गरे । मुलुकको महत्त्वपूर्ण कार्यसम्पादनका लागि दुई ठूला दलहरू मिलेको उल्लेख गर्दै उनले विगतले त्यो पुष्टि गरिसकेको बताए ।

लोकतन्त्र प्राप्तिको सन्दर्भमा, १० वर्षे सशस्त्र युद्धलाई शान्तिमा बदल्ने सन्दर्भमा त्यसको प्रयोग भइसकेको उल्लेख गर्दैउनले उनले भने, “”मुलुकका महत्त्वपूर्ण काम गर्ने सन्दर्भमा ठूला दलहरू मिल्नैपर्छ । त्यो इतिहासमा पनि भएकै हो, त्यो तपाईंहरू हेर्नुहोला ।”

सरकारको अस्थिरताका कारण पनि संसद्का दुई ठूला दलहरू मिल्न बाध्य भएको प्रष्टोक्ति गृहमन्त्री लेखकले दिएका छन् । “हरेक दुईरतीन महिनामा प्रधानमन्त्रीको विश्वासमाथि प्रश्न उठ्ने, विश्वासको मत पुनस् पुष्टि गर्नुपर्ने, त्यस सन्दर्भमा नयाँ(नयाँ सत्ता समीकरण बन्ने अवस्था हामीले बेहोर्‍यौँ । त्यसैले सरकारको स्थिरताका लागि पनि संसद्का सबैभन्दा ठूला दलहरू मिल्नुपर्‍यो,” उनले भने ।