काठमाडौं- समाजवादी मोर्चाको समीक्षात्मक राजनीतिक दस्ताबेजलाई पूणर्ता दिन सचिवालय बैठक अहिले बसिरहेको छ ।
ललितपुरस्थित एकान्तकुनामा जारी रहेको मोर्चा संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा यसअघि मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम वर्तमान राजनीति र भावी योजना सम्बन्धी समीक्षात्मक दस्ताबेजलाई पूणर्ता दिने प्रयास भइरहेको छ ।
यसअघि आइतबार बस्ने भनिएको बैठक मोर्चा संयोजक विश्वकर्मा अस्वस्थ रहेका कारण स्थगित भएको थियो ।