काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताएका छन् ।  

मंगलबार मनोहरा खोला निरिक्षणका लागि पुगेका मन्त्री दाहालले पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाएका हुन् । 

OM Sai Pathibhara Hospital

च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ । एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने भन्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित मन्त्री दाहाल निरीक्षणका लागि पुगेका हुन् । 

निरिक्षणपछि मन्त्री दाहालले मोटरेवल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निणर्य लिने जानकारी दिए । 

पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पानी पसेर डुबानको समस्या हुदै आएको छ ।