धनगढी- सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलकै विरोधकाबीच प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित भएको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको विरोधकाबीच विधेयक पारित गरेको हो । 

OM Sai Pathibhara Hospital

थारु-राना थारु समुदायलाई जनसंख्याका आधारमा समावेशी आरक्षण कोटा निर्धारण गर्नुपर्ने माग राख्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुले रोस्टम घेराउ गरेका थिए । 

तर, सभामुख भीमबहादुर भण्डारीले विरोधकैबीच ध्वनी मतका आधारमा प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लागि पेश गरेको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले विरोध जनाएका थिए । 

यस्तै नेकपा एमालेका चक्रबहादुर मल्ल र काँग्रेसकी तुलसा देवकोटा प्रस्तावको पक्षमा बोलेका थिए ।