राजनीति

    Showing 5,841-5,850 of 10,353 items.
  • रास्वाको केन्द्रीय समिति बैठक आज, एजेण्डामा के छ ?

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा रास्वपा आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुनेछ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दामा मिहिन ढङ्गबाट छलफल गरिनेछ । बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, र समसामयिक विषयमा विस्तृत छलफल हुने उनले जानकारी गराए । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 369 पटक पढिएको
  • उपनिर्वाचनबारे छलफल गर्न एमालेले डाक्यो सचिवालय बैठक

    काठमाडौं–समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्नेछ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण वि

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 372 पटक पढिएको
  • सत्ता सहकार्य बलियो बनाउन कांग्रेस-एमालेको संयन्त्र निर्माण

    काठमाडौं- सत्ता सहकार्यलाई सहज बनाउन भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र निर्माण गरेका छन् । प्रतिपक्ष दलले गठबन्धनमा समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले संयन्त्र बनाएका हुन् । ‘सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको हो’, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढेका छौं ।’संयन्त्रले गठबन्धन निर्माणका बेला भएको संविधान संशोधन लगायत सात बुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा क

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • 281 पटक पढिएको
  • ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच दिल्लीमा भेट, पञ्चेश्वरबारे छलफल

    काठमाडौं- भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा भएको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ ।भेटमा मन्त्री खड्काले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन भारतलाई अनुरोध गर्दै टनकपुरदेखि नेपाल-भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । मन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनु पर्नेमा जोड दिएको गरेको उन

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • 283 पटक पढिएको
  • प्रदेश सरकारको सशक्तिकरणका लागि कांग्रेसको नेतृत्व आवश्यक

    काठमाडौं–नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संविधानअनुसार सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन आवश्यक रहेको बताएका छन्। महोतरीको लोहरपट्टीमा सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले संविधान र कांग्रेसका उपलब्धिहरूको रक्षा गर्न कांग्रेसको नेतृत्व आवश्यक भएको उल्लेख गरे। निधीले मधेश सरकार कमजोर भएको भन्ने धारणा गलत भएको बताउँदै यो कमजोरी नियोजित रूपमा सिर्जना गरिएको छ, र यसका लागि आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले सर्वपक्षीय सङ्घर्षपछि संविधान प्राप्त भएको र स्व मिश्र तथा अन्य नेता र योद्धाहरूको प्रेरणाबाट मधेसमा कांग्रेसको वि

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 263 पटक पढिएको
  • दिगो विकास लक्ष्य निर्धारण गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

    काठमाडौं—पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले दिगो विकासका स्पष्ट लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ। उहाँले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले भविष्यको विकास योजना पहिला नै निर्धारण गरेर जनतालाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।पूर्व राष्ट्रपति भण्डारीले भूकम्प, बाढी, पहिरो जस्ता प्रकोपहरूको असर र वातावरणीय संकटको दीर्घकालीन मूल्याङ्कन गरेर सय वर्षका लागि दिगो विकासका लक्ष्य निर्धारण गर्नुपर्ने सुझाव दिनुभएको छ। उहाँले भौगोलिक संरचना, सार्वजनिक जग्गा, नदी तथा वनको उचित व्यवस्थापन गरेर जनजीवन सुरक्षित बनाउन योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।भण्डारीले

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 320 पटक पढिएको
  • वि.सं. २०८१ कार्तिक १८ गते आइतबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):-शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा,

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 528 पटक पढिएको
  • अध्यक्ष नेपाल भेनेजुएला प्रस्थान

    काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा भेनेजुएला प्रस्थान गरेका छन्। फोरमले कात्तिक १९ र २० गते आयोजना गर्ने सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जसको जानकारी पार्टी सचिव सोमप्रसाद पाण्डेयले दिएका छन्।अध्यक्ष नेपाललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टी नेता तथा कार्यकर्ताले बिदाई गरे। उनका अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 365 पटक पढिएको
  • कीर्तिपुर नगरप्रमुखमा एमालेका उम्मेदवार मानन्धर को हुन् ?

    काठमाडौं – नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरप्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले कीर्तिपुर नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा डा. मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो, जसको जानकारी काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले दिएका छन् ।डा. मानन्धर एमालेका केन्द्रीय सदस्य पनि हुन्। नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा अनुमोदनका लागि पठाउने छ, र अन्तिम निर्णय प्रदेश कमिटीले गर्नेछ । कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधनपछि रिक्त भएको पदका लागि उपनिर्वाचन मंसिर १६ गते हुनेछ ।

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 456 पटक पढिएको
  • सहकारी ठगीमा संलग्न जोसुकैलाई कारबाही हुन्छ: ईश्वर पोखरेल

    काठमाडौं–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जोसुकैलाई कारबाही गरिने बताएका छन्। एमाले मोरङद्वारा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्रकै व्यक्ति दोषी भए पनि कारबाही गरिने स्पष्ट पारे।उनले दोषी आफ्नै पार्टीका कोही भए पनि ऊ दण्डको भागीदार हुनुपर्ने कुरामा एमाले यसमा दृढ भएको दाबी गरेका छन् । पोखरेलले विगतमा पार्टीविरुद्ध अनेक आरोप लगाउनेहरूलाई जवाफ दिन एमाले तयार रहेको र गल्ती गर्नेहरूलाई कारबाही गर्ने अठोट पनि दोहोर्याए ।सहकारी ठगी छानबिन समितिको गठन र रास्वपा सभापति रवि लामिछानेको सहमतिमा छानबिन अघि बढेको स्पष्ट पार्द

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.