राजनीति

    Showing 5,841-5,850 of 6,747 items.
  • पत्रकार बिक लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको प्रेस संयोजकमा नियुक्त

    बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले प्रेस संयोजकमा पत्रकार मानसिंह विकलाई नियुक्त गरेका छन् । केसीले लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका रोल्पा समाचार दैनिकका सञ्चालक विकलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।   रोल्पामा रहेर विकले राष्ट्रिय स्तरमा पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आएका छन् । उनी हाल लुम्बिनी प्रदेशको प्रेस संगठनको प्रदेश संयोजक समेत हुन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 84 पटक पढिएको
  • सुध्रिएन ओली समुह : प्रवक्ता हुन पार्टी भित्र लडाई

    बिर्तामोड / पार्टी विभाजन पछि नेकपा एमाले भित्रको आन्तरिक झगडा र कलह सकिने अनुमान गरिएको भएपनि पार्टी प्रवक्ताको विषयलाई लिएर फेरि झगडा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका नेता प्रदिप ज्ञवालीले पार्टी प्रवक्ताका रुपमा विज्ञप्ति जारी गरेपछि फेरि आन्तरिक झगडा सतहमा आएको हो ।विगतमा माधव कुमार नेपाल समुहमा रहेका नेता योगेश भट्टराई पार्टी प्रचार विभाग प्रमुख बनाईएपनि ओली समुहका नेता ज्ञवालीले विभिन्न विषयमा पार्टी प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गर्न थालेपछि आन्तरिक कहल सुरु भएको हो ।माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमा नै बस्ने निर्णय गरेका नेता र ओली समुहबिच पार्टीलाई २०७५

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 121 पटक पढिएको
  • स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरेका छन्। यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 80 पटक पढिएको
  • आजदेखि कांग्रेसको वडा अधिवेशन शुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।क्रियाशील सदस्यता सूची प्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 82 पटक पढिएको
  • विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री आचार्यको नियुक्ति बदर गर्न माग

    बिर्तामोड / विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी , जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्च सम्मीलित गठबन्धनको बिहीवार सम्पन्न बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेको हो । विपक्षी गठबन्धनले एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अवस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको एक नेताले बताए । प्रदेशका सांसद

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 87 पटक पढिएको
  • संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं  / सर्वोच्च अदालतले संबैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ ।अदालतले उक्त रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न भनदै अन्तरिम आदेश दिएको हो । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 82 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यसैगरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।&nb

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 67 पटक पढिएको
  • प्रदेश २ : एमालेका १० सांसदले रोजे नयाँ दल

    धनुषा /  प्रदेश २ मा एमालेका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै निर्वाचन कार्यालय गरेर सनाखत गराएका छन् ।नेकपा एमालेबाट १३ जना एकीकृत समाजवादीमा जाने बताइए पनि १० जनाले मात्रै सनाखत गरेका हुन् । समाजवादीमा जाने भनिएका सांसद दिल्ली उप्रेती यति वेला उपचारका लागि भारतको दिल्लीमा रहेका छन् । उनले दूतावासबाट नै सनाखत गराउने तयारी गरेको सांसद बेची लुंगेलीले जानकारी गराएकी छन् ।त्यसैगरी एमालेकै प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण सनाखत गराउन जनकपुर आउन नसकेको एकीकृत समाजवादीका नेता एवं सांसद शत्रुधन महतोले बताएका छन् ।बिहीबार निर्वाचन कार्यालय गएर एमाले स

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 98 पटक पढिएको
  • झलनाथ खनाललाई उपचार वापत दिएको खर्चको सर्वोच्च अदालतले माग्यो सरकारसँग जवाफ

     काठमाडौं//पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई  उपचार वापत दिएको खर्चको सर्वोच्च अदालतले सरकारसँग आधार र कारणसहित लिखित जवाफ मागेको छ।  विदेशमा उपचार गराएका खनाललाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले  बुधबार सरकारसँग  खर्चबारे जवाफ मागेको हो ।मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 80 पटक पढिएको
  • एमालेद्वारा निर्वाचन आयोग र सभामुखविरुद्ध तीन रिट दायर

    बिर्तामोड / नेकपा एमालेले सर्वोच्च अदालतमा निर्वाचन आयोग र सभामुखविरुद्ध तीन ओटा रिट दायर गरेको छ । एमालेले बुधबार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरको हो ।  आयोगले बदनियतपूर्ण र अनधिकृत व्यक्तिहरूलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै एमालेले  रिट गरेकाे छ । त्यस्तै रिट निवेदनमा सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरूको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरूलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै सभामुख

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 84 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा