काठमाडौं- भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा भएको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ ।

OM Sai Pathibhara Hospital

भेटमा मन्त्री खड्काले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन भारतलाई अनुरोध गर्दै टनकपुरदेखि नेपाल-भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए । 

मन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनु पर्नेमा जोड दिएको गरेको उनको सचिवालयले जनाएको छ । 

भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सकारात्मक रहेको बताएका थिए ।