काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा रास्वपा आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुनेछ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दामा मिहिन ढङ्गबाट छलफल गरिनेछ । बैठकमा पार्टीको राजनीतिक, साङ्गठनिक, र समसामयिक विषयमा विस्तृत छलफल हुने उनले जानकारी गराए ।