काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा भेनेजुएला प्रस्थान गरेका छन्। फोरमले कात्तिक १९ र २० गते आयोजना गर्ने सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ, जसको जानकारी पार्टी सचिव सोमप्रसाद पाण्डेयले दिएका छन्।
अध्यक्ष नेपाललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टी नेता तथा कार्यकर्ताले बिदाई गरे। उनका अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ।