काठमाडौं–नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संविधानअनुसार सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन आवश्यक रहेको बताएका छन्। महोतरीको लोहरपट्टीमा सहिद स्व शिवचन्द्र मिश्रको ८१ औँ जन्मयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले संविधान र कांग्रेसका उपलब्धिहरूको रक्षा गर्न कांग्रेसको नेतृत्व आवश्यक भएको उल्लेख गरे। 

निधीले मधेश सरकार कमजोर भएको भन्ने धारणा गलत भएको बताउँदै यो कमजोरी नियोजित रूपमा सिर्जना गरिएको छ, र यसका लागि आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। उनले सर्वपक्षीय सङ्घर्षपछि संविधान प्राप्त भएको र स्व मिश्र तथा अन्य नेता र योद्धाहरूको प्रेरणाबाट मधेसमा कांग्रेसको विरासत निर्माण भएको स्मरण गराए। 

OM Sai Pathibhara Hospital

स्व मिश्रलाई सम्मान गर्दै निधीले उनले जेलनेल भोगेको अनुभवलाई पनि सम्झनु महत्त्वपूर्ण रहेको र उनी केवल लोहरपट्टीका मात्र होइन, देशका सपुत रहेको बताएका थिए।