काठमाडौं–नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जोसुकैलाई कारबाही गरिने बताएका छन्। एमाले मोरङद्वारा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्रकै व्यक्ति दोषी भए पनि कारबाही गरिने स्पष्ट पारे।

उनले दोषी आफ्नै पार्टीका कोही भए पनि ऊ दण्डको भागीदार हुनुपर्ने कुरामा एमाले यसमा दृढ भएको दाबी गरेका छन् । पोखरेलले विगतमा पार्टीविरुद्ध अनेक आरोप लगाउनेहरूलाई जवाफ दिन एमाले तयार रहेको र गल्ती गर्नेहरूलाई कारबाही गर्ने अठोट पनि दोहोर्याए ।

OM Sai Pathibhara Hospital

सहकारी ठगी छानबिन समितिको गठन र रास्वपा सभापति रवि लामिछानेको सहमतिमा छानबिन अघि बढेको स्पष्ट पार्दै पोखरेलले समितिको सिफारिसका आधारमा लामिछाने पक्राउ परेको जानकारी पनि गराए ।