काठमाडौं । संविधान संशोधनबारे लामो समयदेखि जारी राजनीतिक बहसका बीच नेपाली कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ। विज्ञ समितिको अध्ययन र सुझावका आधारमा पार्टीले संशोधनका प्राथमिकता सार्वजनिक गर्न लागेको हो।संविधान संशोधनको विषयलाई औपचारिक रूपमा अघि बढाउँदै नेपाली कांग्रेसले बिहीबार आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा सभापति गगन थापाको उपस्थितिमा संविधान संशोधन अध्ययन तथा सुझाव समितिले तयार पारेको अवधारणा प्रस्तुत गरिनेछ।उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समितिले विभिन्न संवैधानिक, कानुनी र संस्थागत विषयमा अध्ययन
काठमाडौं । कानुनमन्त्री सोबिता गौतमको व्यस्तताका कारण बुधबारको प्रतिनिधिसभा बैठक निर्धारित समयमै सञ्चालन हुन सकेन।सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि सभामुखले सूचना जारी गर्दै बिहीबार बिहान ११ बजेसम्मका लागि सारेका हुन्। संसद् सचिवालयका अनुसार कानुनमन्त्री गौतम राष्ट्रिय सभामा प्रतिस्थापन विधेयकमाथिको छलफलमा सहभागी रहेकाले विशेष परिस्थितिमा बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभा नियमावली–२०८३ अनुसार बैठक स्थगन गरिएको सचिवालयले जनाएको छ।
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन् ।सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले पर्यटन क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित प्रावधान समेटिएको विधेयकमाथि समितिमा दफावार छलफल गर्न प्रस्ताव गरेका थिए । प्रस्तावमाथि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ
काठमाडौं । आर्थिक गतिविधि सुस्ताएको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका शीर्ष व्यवसायीसँग प्रत्यक्ष छलफल गर्दै लगानी, उद्योग र रोजगारी बढाउन देखिएका नीतिगत तथा प्रशासनिक अवरोध हटाउने प्रतिबद्धता जनाएका छन्।सुस्त बन्दै गएको अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच उच्चस्तरीय संवाद सुरु भएको छ। यही क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीका प्रमुख प्रतिनिधिसँग छलफल गर्दै उद्योग र लगानीमैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले उद्योग सञ्चालनमा देखिएका नीतिगत, कानुनी र प्रशासनिक जट
काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुमबासीलाई उठिबास र आँसु मात्रै दिएको आरोप लगाएकी छन्। प्रतिनिधिसभामा कांग्रेस सांसद थपलिया उर्मिलाले सरकारको सय दिनको कार्यशैलीमाथि कडा टिप्पणी गरेकी छन्।उनले वर्षायामको मुखमा सुकुमबासीलाई विस्थापित गर्नु अमानवीय भएको भन्दै सरकारको १०० दिनको उपहार सुकुमबासीको आँखामा आँसुु भएको आरोप लगाइन्।थपलियाले सरकार परिवर्तन भए पनि शासन गर्ने शैली नफेरिएको दाबी गर्दै पुराना दललाई दोष दिन छाडेर आफ्नै कामको समीक्षा गर्न सत्तापक्षलाई आग्रह गरिन्। सुशासनको नाराभन्दा व्यवहारमा नातावाद
काठमाडौं। एमाले उपनेता पद्मा अर्यालले रास्वपा नेतृत्वको सरकारले ‘जान्नेलाई छान्ने’ आफ्नै नारा बिर्सेर चुनावमा पराजित आफ्ना निकट व्यक्तिहरूलाई राजनीतिक नियुक्ति बाँड्न थालेको आरोप लगाएकी छन्।प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अघिल्लो सरकारले गरेका नियुक्ति अध्यादेशमार्फत हटाएको वर्तमान सरकारले अहिले भने चुनावमा पराजित आफ्ना पक्षधरलाई धमाधम नियुक्ति गरिरहेको दाबी गरिन्।अर्यालले रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा व्यवहारमा ‘जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने’ मा परिणत भएको टिप्पणी गरिन्।सरकारले सुशासनको नारा दिए पनि सय दिनको अवधिमा त्यसको अनुभूति नभएको उनको आरोप थियो। आफ्ना मानिसलाई छानबिनको दा
काठमाडौं। नेपाली कांग्रेसले वर्षौंदेखि चल्दै आएको विषयगत विभाग गठन गर्ने अभ्यास अन्त्य गरेको छ। अब विभागले गर्दै आएका सबै नीतिगत काम उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन हुने भएका छन्।नेपाली कांग्रेसले आफ्नो संगठनात्मक संरचनामा ठूलो परिवर्तन गरेको छ। अब केन्द्रदेखि तल्लो तहसम्म विभाग गठन नहुने भएको छ। विभागको सट्टा नीति प्रतिष्ठानमार्फत पार्टीका नीतिगत काम अघि बढाइने कांग्रेसले जनाएको छ। कांग्रेसले विभाग गठन गर्ने पुरानो व्यवस्था अन्त्य गर्दै सबै नीतिगत जिम्मेवारी नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई दिएको छ।सभापति गगन थापा
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानमाथिको अमेरिकी कारबाहीबीच नाटो सदस्य राष्ट्रका नेताहरू अङ्कारामा भेला भएका छन्। सम्मेलनमा रक्षा खर्च, युक्रेन युद्ध र अमेरिकाको सुरक्षा नीति मुख्य एजेन्डा बनेका छन्।मध्यपूर्वको अस्थिर अवस्थाबीच सुरु भएको नाटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन फेरि दबाब दिएका छन्।नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता कायम रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले आफ्नो सुरक्षा दायित्व बढाउनुपर्ने बताएका छन्।सम्मेलनमा युक्रेन युद्ध, इरान संकट, टर्कीसँगको रक्षा सहकार्य र नयाँ हतियार
काठमाडौं । प्रतिनिधिसभामा सभामुखप्रति विवादास्पद अभिव्यक्ति दिएका एमाले सांसद राजेन्द्रकुमार राईका शब्द संसदीय अभिलेखबाट हटाइएका छन्। विवादपछि सभामुख डोलप्रसाद अर्यालले सचिवालयलाई रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।प्रतिनिधिसभा बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले सभामुखलाई लक्षित गर्दै सभामुखज्यू, तपाईँ कान सुन्नुहुन्छ कि हुँदैन? भन्ने अभिव्यक्ति दिएपछि संसद्मा विवाद भएको छ।बैठक पुनः सुरु भएपछि सभामुख डोलप्रसाद अर्यालले राईले बोलेका विवादित शब्द संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिए।त्यसपछि राईले आवेशमा त्यस्तो अभिव्यक्ति आएको स्वीकार गर्दै संसद्को मर्यादा र विधिलाई सम्मान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.