काठमाडौं। सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानका लागि योगदानमा आधारित पेन्सन, किसान परिचयपत्र, रासायनिक मल कारखाना र थप तीन लाख हेक्टरमा सिँचाइ विस्तारसहितका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गर्दै कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने घोषणा गरेको हो।सरकारले सार्वजनिक गरेको १६ बुँदे राष्ट्रिय प्रतिबद्धतामा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। अब योगदानमा आधारित किसान पेन्सन लागू गर्ने, किसान परिचयपत्रका आधारमा मात्रै अनुदान, सहुलियत ऋण, बीमा र सामाजिक सुरक्षा उपलब्ध गराउने योजना अघि सारिएको
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।आइतबार जारी विज्ञप्तिमा उनले जोखिमबाट जोगाउने नाममा सुकुम्बासीलाई एक जोखिमबाट निकालेर अर्को अझ ठूलो जोखिममा पुर्याइएको टिप्पणी गरेका छन्। कीर्तिपुर होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारको 'सुरक्षित स्थानान्तरण'को दाबी व्यवहारमै असफल भएको उनको भनाइ छ।आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहले सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोबासको सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै "त्यो वाचा कहाँ हरायो?" भन्दै प्रश्न गरेका छन्।उनले अहिले सुकुम्बासीहरू फेर
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना, स्पष्ट नीति र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताए ।‘अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन, उनले भने, ‘स्वास्थ्य क्षेत्रको रूपान्
काठमाडौं— नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्न नहुने बताएका छन् ।वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । आज सामाजिक सञ्जालमा लेख्दै आचार्यले बाढी र डुबानपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकलाई उनले वैकल्पिक व्यवस्थाबिनै विस्थापन गर्न खोज्नु अमानवीय भएको बताए ।आचार्यले निकै ठूलो त्रास र डुबानको चोट खेपेर होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन, सुकुम्बासी र विपन्न नागरि
काठमाडौं / गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् ।राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ । आफ्नो जनताको सेवा गर्नुपर्छ।’गृहमन्त्री गुरुङल
काठमाडौं / बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिकै भएको एक घटनाले तीन वर्षअघि संसद् भवन नजिकै भएको दर्दनाक घटनालाई पुनः स्मरण गराएको छ । जहाँ एक २५ वर्षे युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । यो भन्दा तीन वर्ष अगाडि २०७९ माघ ११ गते संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले पनि यसरी नै आत्मदाह गरेका थिए । त्यो बेला तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’तर आज समय फेरिएको छ । हिजो राज्यलाई ‘असफल’ घोषणा गर्न
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले गणेश नेपालीको मृत्युले आफूहरूलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरे । उनले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरे ।उनले भने, ‘असाध्यै धेरै पीडा भयो, भावविह्वल बनायो। गणेश नेपालीको मृत्यु जुन आत्मदाहपछि भयो, यसले हामी सबैलाई स्तब्ध बनाएको छ। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश कार्कीले गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा भइरहेको बहसलाई थप गम्भीर र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै केवल औपचारिकतामा सीमित नभई यस्ता घटना दोहोरिन नदिन राज्य र संसदले जिम्मेवारी लिनुपर्ने बताए। ‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।उनले कानुनका कारण समस्या सिर्जना भ
काठमाडौं / नेकपा एमालेकी सांसद साजिदा खातुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयासपछि भएको मृत्यु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यसको कारण र पृष्ठभूमिप्रति सरकार सचेत हुनुपर्ने बताइन् । उनले नागरिकलाई निराशाको अवस्थामा पुग्न बाध्य बनाउने परिस्थिति सिर्जना हुनुमा राज्यको भूमिका र जिम्मेवारीबारे प्रश्न उठाइन् ।उनले भनिन्, ‘ विरोध त सरकारसँग छ । सबैभन्दा ठूलो कारण हो,
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्। उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते ९२६ जनवरी २०२३० को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।उनले भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्ने सबै कर्म गर्छन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.