बिर्तामोड / संसद् अवरोध खुला गर्न सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता भएको छ । एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि सरकारले एमालेसँग ७ बुँदे सहमति गरेको हो । कर्णाली प्रदेशमा निरन्तर संसद अवरुद्ध बनेपछि सत्तारुढ दलले एमालेसँग सम्झौता गरेको हो ।दुई पक्षबीच सहमतिसँगै अब एमालेले संसद् बैठकमा कुनै अवरोध नगर्ने भएको छ । एमालेले प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।त्यतिबेला एमालेले अलपत्र योजनाहरूलाई सरकारले पूर्णता दिनुपर्ने, अघिल्लो सरकारले पूरा गर्न नसकेका कामहरू पूरा गर्न बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन गर्नुपर्ने माग राख
बिर्तामोड / सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति भएको हो।आयोगले सरकारलाई ६ बुदे सुझाव पत्र समेत दिएको छ । आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन कसरी गर्ने भन्ने विषयमा सरकारलाई सुझाव समेत दिएको छ ।स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकार र दलहरुलाई दवाव दिंदै आएको थियो ।प्र
काठमाडौं / राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ बमोजिम व्यवस्थापिका संसद्मा पेश गर्नका लागि आज प्रधानमन्त्री देउवा समक्ष पेश गरिएको हो ।सोही अवसरमा प्रधानमन्त्री देउवाले आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउँदै आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनामा संवेदनशील हुनुपर्नेमा जोड दिए ।आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङल
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ पहिलो साता नै हुने बताएका छन् । नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेठ ५ गते पूरा हुदैछ । प्रधानमन्त्री देउवाले सो अगावै स्थानीय तहको निर्वाचन हुने बताएका बताइएको छ । ऐन संशोधन गर्न झन्झट भएको कारण सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको बताइएको छ ।
काठमाडौँ / स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।साथै उनीहरूले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैन लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्
बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि महिला र दलित विरोधी भएको आरोप लागेको छ । पञ्चायती व्यवस्थामा तत्कालीन राजसंस्था वरिपरि रहेको शासनसत्तामा रजगज गरेकाको बाहुल्यता रहेको राप्रपामा पुराना नेतालाई पाखा लगाउँदै अध्यक्ष बनेका लिङ्देनमाथि दलित र महिला विरोधी भएको आरोप लागेको हो ।उनी अध्यक्ष भए लगत्तै राप्रपा पुराना अध्यक्ष कमल थापा , पशुपति शमशेर जबरा र लोकेन्द्र बहादुर चन्द पक्षधरले पार्टी सञ्चालनका विषयमा असन्तुष्टि प्रकट गर्दै आएका थिए । उनीहरूले अध्यक्षले पार्टी पदाधिकारी र सदस्य मनोनयन प्रति एकलौटी गरेको भनेको भन्दै आपत्ति जनाइरहेका छन् ।अध्यक्ष लिङ्देनले पछिल्लो पटक गरेका मनोन
बिर्तामोड / एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि बनेको नेकपा विभाजनपछि कायम एमाले फेरि विभाजित हुने भएको छ । सर्वोच्च अदालतको आदेशमा नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र बनेका थिए ।नेकपा विभाजन पछि पनि ओलीको कार्यशैली प्रति असन्तुष्ट बनेका सो पार्टीका पूर्व शीर्ष नेताहरू माधव कुमार नेपाल र झलनाथ खनाल लगायतको अगुवाइमा पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी बनाएका थिए ।नयाँ पार्टी समाजवादी यतिबेला संघीय सरकार र प्रदेश सरकारमा सत्तारुढ दलका रुपमा मुख्य मन्त्रालय लिएर क्रियाशील रहेको छ । एकीकृत समाजवादी बनेसँगै एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाएको छ । राष्ट्रियसभा र प्रतिनिधि सभा सह
झापा / सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नुपर्दैन भन्ने आयोगको धारणा छ,’ एक मन्त्रीले भने, ‘जेठ ५ पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्छ र यसमा आयोगको सहमति हुन्न भन्ने आयोगले जनाएको छ ।’सम्भवत आज आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय गर्न सक्ने ती मन्त्रीले बताए । कानुन संशोधन गर्न नपर्ने भए जेठ ५ भित्रै स
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ । साथै पछिल्लो समय अझ पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा समेत कुराकानी भएको बताइएको छ । अन्य समसामयिक विषयमा समेत दुवै नेताबीच छलफल भएको बताइएको छ । भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी रहेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट पास गराउने पक्षमा रहेका छन् । तर सत्ता गठबन्धनका दुई मुख्य नेता प्रचण्ड नेपाल भने यथास्थितिम
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी फागुन पहिलो साता काठमाडौँमा हुने भएको छ ।निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए । समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा छलफल हुने उनले बताए।गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको राप्रपाले दोस्रो पटक कार्यसमितिको बैठक गर्न लागेको हो । एक सय ९९ केन्द्रीय सदस्यको व्यवस्था भएको पार्टीमा २० सदस्य मनोनयन गर्न बाँकी छ । पार्टीले महामन्त्री पाठकको संयोजकत्वमा सात सदस्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.