काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
बैठकमा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका विषयमा छलफल गरिने जनाइएको छ ।
झाँक्रीले अध्यक्ष नेपालमाथि निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै नेताहरूले कारबाहीको माग गरेका छन् । उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।