सिरहा। सिरहाको गोलबजार क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। बिहीबार भएको तनावपूर्ण घटनापछि शुक्रबार बिहानदेखि बजार क्षेत्र शान्त बन्दै गएको हो।

क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा निकायले संवेदनशील स्थानमा निगरानी बढाउनुका साथै नियमित गस्तीलाई पनि तीव्र बनाएका छन्।

स्थानीय प्रशासनका अनुसार अहिले बजार खुल्न थालेका छन्, सर्वसाधारणको आवतजावत पनि विस्तारै सामान्य बन्दै गएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता भने यथावत् राखिएको छ।

प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।