राजनीति

    Showing 471-480 of 10,282 items.
  • माजिद अन्सारी कुटपिट प्रकरण मानव अधिकार आयोगमा, सरकार र प्रहरीविरुद्ध उजुरी

    काठमाडौं। जेनजी अभियानी माजिद अन्सारीमाथि भएको भनिएको कुटपिट र पक्राउ प्रकरण राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिविरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।उजुरीमा अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिँदा संविधानले सुनिश्चित गरेका अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक उल्लंघन भएको दाबी गरिएको छ।अलायन्सले घटनासम्बन्धी भिडियो, कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालको मेडिकल रिपोर्टसमेत आयोगमा बुझाएको जनाएको छ। हाल अन्सारी महाराजगञ्जस्थित त्रिवि शि

    • प्रकाशित मितिः असार २९, २०८३
    • 180 पटक पढिएको
  • ‘सुझाव दिन्छौं, लागू हुँदैन’ - योजना आयोगले सुनायो आफ्नै सीमाको पीडा

    काठमाडौं। राष्ट्रिय योजना आयोगले विकास आयोजनाको अनुगमन गरे पनि आफ्ना सुझाव कार्यान्वयन गराउने कानुनी अधिकार नभएकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ। आयोगका अधिकारीहरूले आफूहरू अहिले ‘सल्लाहकार संस्था’ जस्तै सीमित भएको बताएका छन्।प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै आयोगका सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या सम्बन्धित मन्त्रालयलाई जानकारी गराइए पनि ती सुझाव कार्यान्वयन गराउने अधिकार आयोगसँग नभएकाले धेरै सिफारिस बेवास्ता हुने गरेको बताए।यस्तै, आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले नेपालका लागि आगामी २५ वर्षको दीर्घकालीन विकास रणनीति तयार गर्न ‘भिजन–२०५०’ निर्माण

    • प्रकाशित मितिः असार २९, २०८३
    • 140 पटक पढिएको
  • कागजमा १०३ खर्ब लेख्दैमा देश समृद्ध बन्दैन : रास्वपा सांसद राणा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले सरकारले प्रस्तुत गरेको १६औँ योजनाको आर्थिक लक्ष्यमाथि प्रश्न उठाएकी छन्। अर्थ समितिको बैठकमा बोल्दै उनले कार्यान्वयनको स्पष्ट आधारबिना ठूलो अर्थतन्त्रको लक्ष्य राखेर मात्र समृद्धि हासिल नहुने बताइन्।उनले २०८५।८६ सम्म १०३ खर्ब रुपैयाँको अर्थतन्त्र बनाउने सरकारी लक्ष्य यथार्थपरक बनाउन पुँजीगत खर्च, निजी लगानी र औद्योगिक विकासमा के नयाँ व्यवस्था गरिएको छ भन्ने स्पष्ट हुनुपर्ने धारणा राखिन्।राणाले उद्योग क्षेत्रलाई न्यून प्राथमिकता दिइएको, निजी लगानी घटिरहेको, उद्योगहरू बन्द हुँदै गएको र युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरह

    • प्रकाशित मितिः असार २९, २०८३
    • 144 पटक पढिएको
  • परिवर्तनको भ्रमबाट देश बदलिदैन: महासचिव शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्। पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 158 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालक

    • प्रकाशित मितिः असार २९, २०८३
    • 447 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई

    धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ । असार १ आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले प्रदेश सभामा पेश आर्थिक बर्ष २०८३÷०८४का लागि बजेट प्रस्तुत गरेका थिए । सो बजेट प्रति नेकपा एमालेले चरम असन्तुष्टि जनाउदै पुनर्लेखनको माग गर्दै आएको थियो । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेलाई मनाउने हर सम्भव प्रया गरेपछि एमाले आफ्नो अडानबाट भने पछि हटेन । उल्टै शत्तारुढ दलकै ६ जना प्रदेश सभा सदस्यले मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् ।एमालेको सो निर्णयका कारण सरकारनै संकटमा परेको कांग्रेसको निष

    • प्रकाशित मितिः असार २९, २०८३
    • 407 पटक पढिएको
  • प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच चार घण्टा लामो छलफल

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।उनीहरूबीच आइतबार ४ घण्टा लामो छलफल भएको हो । सो छलफलमा समसामयिक राजनीति र सरकारका विभिन्न कामकारबाहीबारे छलफल भएको बताइएको छ ।सभापति लामिछानेले सुकुमवासी समस्या,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सम्बन्ध, पार्टी महामन्त्री चयन लगायतका विषयमा प्रधानमन्त्री बालेनसँग चासो राखेका थिए ।छलफलमा प्रधानमन्त्री बालेनले सरकारले आफ्नो तरिकाले गरिरहेको कामका विषयमा भ्रम फैलाइएको र पार्टी त्यसप्रति सचेत रहनका लागि लामिछानेलाई आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 461 पटक पढिएको
  • गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताएका छन् । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • 509 पटक पढिएको
  • संघीय संसदका चार समितिको बैठक बस्दै, विभिन्न विषयमा छलफल हुने

    काठमाडौं— संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ ।अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची रहे

    • प्रकाशित मितिः असार २९, २०८३
    • 398 पटक पढिएको
  • स्वतन्त्र चालक फाउण्डेशनद्वारा राइडरको हकहित संरक्षण गर्न सरकारसँग माग

    काठमाडौं— स्वतन्त्र चालक फाउण्डेशनले पाथाओ राइडर गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। फाउण्डेशनले घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पीडित परिवार तथा वार्ता टोलीबीच भएको ९ बुँदे सहमतिलाई सकारात्मक रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।फाउण्डेशनले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उनको परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिने उच्चस्तरीय स्वतन्त्र छानबिन स

    • प्रकाशित मितिः असार २९, २०८३
    • 409 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.